मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाकाँडा, छहराको गीतले
ख्यालठट्टा नगर, अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले
बिर्सनेलाई सम्झनाको गीतले
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाखोला, छहराको गीतले
अल्झेर बगर, भुलेर किनार
नाच्न-गाउन लाग्यो रहर, हो
नाच्न-गाउन लाग्यो रहर
मोहनी लाग्ला है, गाउँलेको बोलीले..
**********MUSIC******* MUSIC *********
कुन सन्जोग होला, कुन दैव होला, भेट भयो बगर
कुन गाउँ होला, कुन ठाउँ होला, बस्ने कुन सहर
कुन सन्जोग होला, कुन दैव होला, भेट भयो बगर
झलमल होला जुन ठाउँ होला काठमाडौँ शहर
मोहनी लाग्ला है, गाउँलेको बोलीले
**********MUSIC******* MUSIC *********
यो मन उड्यो जूनतारा छुन, जूनतारा टाढो छ
आकाशै बाँध्न सजिलो होला, मन बाँध्न गाह्रो छ
यो मन उड्यो जूनतारा छुन, जूनतारा टाढो छ
मायाले मन बाँधिएपछि फुकाउन गाह्रो छ
मोहनी लाग्ला है गाउँलेको बोलीले
**********MUSIC******* MUSIC *********
सम्झना रहला आजको साँझ, रमाइलो भेटघाट
मनको कुरा नलुकाई भन दुई वचन हाम्रो साथ
सम्झना रहला आजको साँझ, रमाइलो भेटघाट
तस्बिर बस्यो मनमा हाम्रो नभुल्ने जीवनसाथ
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाकाँडा, छहराको गीतले
ख्यालठट्टा नगर, अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले
बिर्सनेलाई सम्झनाको गीतले
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाखोला, छहराको गीतले
अल्झेर बगर, भुलेर किनार
नाच्न-गाउन लाग्यो रहर, हो
नाच्न-गाउन लाग्यो रहर
मोहनी लाग्ला है गाउँलेको बोलीले
मोहनी लाग्ला है
मोहनी लाग्ला है
मोहनी लाग्ला है
मोहनी लाग्ला है