Computer Operator Nepal Unity – CONU

साथीहरु नमस्कार।
नेपाल विविध सेवा अन्तर्गत कार्यरत कम्प्युटर अपरेटर साथीहरूलाई लक्षित गर्दै, हाम्रो पेशागत हकहितको संरक्षण तथा प्रवर्द्धनका लागि एक संयोजनात्मक पहलस्वरूप यो डाटा संकलन फारम तयार गरिएको जानकारी गराउन चाहन्छौं। जसअनुसार, निजामति सेवा ऐनमा उल्लेखित दफा ७ अन्तर्गत कम्प्युटर अपरेटर पदबाट बढुवा भई सातौँ तहको प्रशासन अधिकृत पदमा पदोन्नति हुन सक्ने व्यवस्थामा रहेको “प्रतिबन्धात्मक वाक्यांश” हटाउनका लागि सम्बन्धित उपसमितिले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्था छ। साथै, “कम्प्युटर अपरेटर पदको माथिल्लो तह कम्प्युटर अधिकृत होइन” भन्ने व्याख्या सर्वोच्च अदालतबाट पटक–पटक फैसला भइसकेको स्पष्ट यथार्थ पनि हामी सामु छँदैछ।
यस सन्दर्भमा, हाम्रा पेशागत अधिकारका पक्षमा संयुक्त रूपमा अगाडि बढ्नका लागि आवश्यक तयारी र समन्वयका लागि सबै कम्प्युटर अपरेटरहरूको सम्पर्क विवरण (मोबाइल नम्बर) संकलन आवश्यक भएकोले, अनुरोध छ—कृपया निम्न फारम भरि सहयोग गरिदिनुहोला।
हामी सबैको ऐक्यबद्धता र सक्रिय सहभागिताले मात्र हाम्रो लक्ष्य प्राप्ति सम्भव हुनेछ। धन्यवाद।


यदि तपाईंले माथिको फारम Submit गरि सक्नुभएको छ भने, कृपया पेजलाई एकपटक पुनः लोड गर्नुहोस्। तपाईंले प्रदान गर्नुभएको विवरण तलको टेबलमा अटोमेटिक देखिनेछ। दोहोरो Entry नगर्नुहोला। यदि कुनै विवरण गलत रूपमा Entry भइहाल्यो भने, कृपया संजय कार्की (मोबाइल नं. 9842135694) सँग सम्पर्क गर्नुहोला।