bhanchhan kohi jindagi yo

भन्छन् कोही जिन्दगी यो,

करकलाको पानी जस्तै हो

कोही भन्छन् जिन्दगी यो,

डुबि जाने घाम जस्तै हो

म त भन्छु सृष्टि कै, अमुल्य उपहार

मानिस को जुनी झैँ, के छ र बराबर

बाँचुन्जेल गरौँ रमाइलो,

नाच्दै गाउँदै गरौँ रमाइलो

——————-

आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली

बाँचुन्जेल आउन नाचौँ, रिस-राग फाली

दुई बचन मिठो बचन बोली बोलिदेउ

मीठो वचन बोल्दैमा, के नै हाम्रो जान्छ र

मै हुँ भन्ने मान्छेले, पनि खै के लान्छ र

बाँचुन्जेल गरौँ रमाइलो,

नाच्दै गाउँदै गरौँ रमाइलो

——————-

दिउँसो सुक्ने शीत पनि, बिहान हाँसिरन्छ

ओईली झर्ने फूल पनि, हाँस्दै बाँचिदिन्छ 2

जति पाउछौँ जिउन जिन्दगी ……

पाएको यो जिन्दगी, नबिताउ है रोएर

मनको मैलो पखालौँ, मायाले धोएर

बाँचुन्जेल गरौँ रमाइलो,

नाच्दै गाउँदै गरौँ रमाइलो

भन्छन् कोही जिन्दगी यो,

करकलाको पानी जस्तै हो

कोही भन्छन् जिन्दगी यो,

डुबि जाने घाम जस्तै हो

म त भन्छु सृष्टि कै, अमुल्य उपहार

मानिस को जुनी झैँ, के छ र बराबर

बाँचुन्जेल गरौँ रमाइलो,

नाच्दै गाउँदै गरौँ रमाइलो