chatta rumal kyamalung

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा ए
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
माफी हुन्छ क्या मालुम मायाको गल्तीमा
माफी हुन्छ क्या मालुम मायाको गल्तीमा

चट्ट कपाल क्या मालुम काइयोले कोरेर ए
चट्ट कपाल क्या मालुम काइयोले कोरेर
लाइदेउ माया क्या मालुम दिलै खोलेर
लाइदेउ माया क्या मालुम दिलै खोलेर

उहिले त बाजेको पालामा
मोहोर गन्थे डालामा
अहिले त हाम्रो पालामा
मकै छैन डालामा
लाली चढ्यो क्या मालुम तिम्रो गालामा
ठिक देखदिन क्या मालुम तिम्रो चालामा
—————-
पिरतीको जाडो कस्तो
मुटु काम्ने थरथर थरथर
तिमीले नै मुटु भित्र
बरबरायो बरबर बरबर

ए-पिरतीको जाडो कस्तो
मुटु काम्ने थरथर थरथर
तिमीले नै मुटु भित्र
बरबरायो बरबर बरबर
पाल्पाले ढाका टोपी ढल्कौला सिरैमा
पाल्पाले ढाका टोपी ढल्कौला सिरैमा
के के हुन्छ खै कुन्नि बैशको बेलैमा
हो-के के हुन्छ खै कुन्नि बैशको बेलैमा
उहिले त बाजेको पालामा
मोहोर गन्थे डालामा
अहिले त हाम्रो पालामा
मकै छैन डालामा
लाली चढ्यो क्या मालुम तिम्रो गालामा
ठिक देखदिन क्या मालुम तिम्रो चालामा