संसारमा कोही कसैको साँचो आफन्त हुँदैन। जसलाई हामी जीवनभर आफ्नो भनी अँगाल्छौँ, तिनै आफन्तहरू अन्तिम यात्रामा काँध दिएर मसानघाटसम्म त लैजान्छन्, तर त्यहीँ पुगेर चिताको छेउमै उभिएर सोध्छन् — “अझ कति बेर लाग्छ?” जीवनभर जसले तिमीलाई माया गरेको भन्थे, उनीहरू नै तिमीलाई अन्तिमपल्ट हेर्ने धैर्य पनि राख्दैनन्।